जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार-Sutra News

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

बिहिबार, १ कार्तिक २०८१

बिहिबार, १ कार्तिक २०८१

काठमाडौँ । जुम्लाका ग्रामीण भेगमा विद्युतको लाइन विस्तार गरिएको छ । विभिन्न बस्तीमा अहिले राष्ट्रिय प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ।



कर्णालीलाई पूर्ण विद्युतीकरण गर्ने प्राधिकरणको कार्य योजनाअनुसार गाउँमा प्रसारण लाइन विस्तारको काम तीव्र रुपमा भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष साहले जानकारी दिए । जिल्लाका ६० वडामध्ये २५ वटामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको छ ।

प्रमुख साहका अनुसार तिला गाउँपालिका ६ घोडेमा विद्युतको लाइन विस्तार गरिएको छ । यस्तै तातोपानी गाउँपालिका ७ सुर्कीमा पनि विद्युतको लाइन जोडिएको छ ।

कूल एक सय ४५ परिवारको बसोबास रहेको सुर्कीमा दशैँअगाडि बत्ती बालिएको हो । पातारासी गाउँपालिका र गुठीचौर गाउँपालिकाका विभिन्न वडामा पनि विद्युत् लाइन लैजाने योजना छ ।

यस्तै, सिञ्जा गाउँपालिकाका ६ वडामध्ये तीन र पाँच नम्बर वडामा बत्ती पुगेको वितरण केन्द्रले जनाएको छ । गुठीचौर र कनकासुन्दरी गाउँपालिकाका सबै वडामा प्रसारण लाइन विस्तारको काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट