नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य, दबाबमा राख्दै नेपाल-Sutra News

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य, दबाबमा राख्दै नेपाल

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । अमेरिकामा जारी पहिलो टी २० आईमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ ।



अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६४ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । पौडेलले दीपेन्द्रसिंह ऐरीसँग पाचौँ विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । दीपेन्द्र २८ रन बनाए ।

ओपनर आसिफ शेख र अनिल शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । उनीहरू दुवै २७(२७ रनमा आउट भए ।

कुशल भुर्तेलले १० र गुल्सन झाले ११ रन बनाए । बाँकी खेलाडी मैदानमा टिक्न सकेनन् । अहिले ब्याटिङ गरिरहेको अमेरिकाले चार ओभरमा दुई विकेट गुमाउँदै १३ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट