चाडपर्वको अवसरमा कोशी प्रदेशमा ४४ जनाको उद्धार-Sutra News

चाडपर्वको अवसरमा कोशी प्रदेशमा ४४ जनाको उद्धार

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ ।



‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी ४४ जनाको उद्धार गरिएको हो ।

आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उद्धार यात्राका क्रममा बिहीबार उदयपुरका विभिन्न स्थानबाट १६ जनाको उद्धार गरिएको उनको भनाइ थियो ।

उद्धार गरिएका आठ पुरुष र आठ महिलालाई बिहीबार मानव सेवा आश्रमको विराटनगर शाखामा लगिएको छ । असोज २८ गतेदेखि सुरु भएको उद्धार यात्रामा पहिलो दिन झापाबाट १२ जना, दोस्रो दिन मोरङबाट चार जना र तेस्रो दिन सुनसरीबाट १२ जना उद्धार गरिएको थियो ।

उद्धार यात्रामा गायिका आनीछोइङ डोल्मा र मानव सेवा आश्रमका अध्यक्ष अधिकारीसहित ४७ जना सहभागी थिए । उद्धार यात्रा ३२ दिनपछि कात्तिक २६ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट