अमेरिकालाई हराउँदै नेपालको पहिलो जित-Sutra News

अमेरिकालाई हराउँदै नेपालको पहिलो जित

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । अमेरिकाविरुद्धको पहिलो टि-२० खेलमा नेपाल विजयी भएको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका १४७ रन मात्रै बनाउन सक्यो ।



अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६४ रनको योगफल बनाएको थियो ।

कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७-२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।

अमेरिकाका हरम्रित सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिए । अली खान र नोस्थुश केङ्जिगेले पनि एक-एक विकेट लिए ।

अमेरिकाका लागि सायन गहन्गिरले सर्वाधिक ६० रनमा नटआउट भए । आन्द्र घोसले ३० र मिलिण्डा कुमारले २२ रन बनाउँदा अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि दीपेन्द्रले तीन विकेट हात पारे । रिजन ढकाल, करण केसी र गुल्सन झाले एक एक विकेट लिन सफल भए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट