नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरूको बैठक, सत्तारूढ लाेसपा पनि सहभागि-Sutra News

नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरूको बैठक, सत्तारूढ लाेसपा पनि सहभागि

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा विपक्षी दलहरूको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलकाे कार्यालयमा बैठक बसेकाे हाे ।



प्रचण्डले डाकेकाे बैठकमा सत्तारूढ बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोसपा र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी छन्।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डसहित उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, बिराजभक्त श्रेष्ठ सहभागी छन्। यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष ठाकुर, आजपा अध्यक्ष प्रभु शाह पनि बैठकमा सहभागी छन्।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको बताइएको छ । रास्वपाले संसदको विशेष अधिवेशन पनि माग गरेपछि विपक्षी दलहरू छलफलमा जुटेका हुन् ।

बैठकमा सहभागि लाेसपा सत्ता साझेदार दलभित्रकाे एक हाे । सरकारमा लाेसपाका एक जना मन्त्रीसमेत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट