एकैदिन २ हजार रूपैयाँले बढ्दै सुनको मूल्यले बनायाे अर्काे रेकर्ड-Sutra News

एकैदिन २ हजार रूपैयाँले बढ्दै सुनको मूल्यले बनायाे अर्काे रेकर्ड

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्काे रेकर्ड कायम गरेकाे छ । बिहीबारकाे तुलनामा एकै दिन प्रतिताेला २ हजार रुपैयाँले बढ्दै शुक्रबार सुनको नयाँ रेकर्ड कायम गरेकाे हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनकाे मूल्य प्रतिताेला १ लाख ६४ हजार ४०० रुपैयाँ पुगेकाे छ । यसअघि बिहीबार सुन प्रतिताेला १ लाख ६२ हजार ४०० रुपैयाँमा किनबेच भएकाे थियाे ।

सुनकाे मूल्यले रेकर्ड कायम गरिरहँदा चाँदीको मूल्य पनि ह्वात्तै बढेकाे छ ।

महासंघका अनुसार बिहीबार प्रतिताेला १ हजार ९५० रूपैयाँमा किनबेच भएकाे चाँदीकाे मूल्य शुक्रबार प्रतितोला १ हजार ९८० रुपैयाँ पुगेकाे छ । जुन अघिल्लाे दिनकाे तुलनामा ३० रूपैयाँले बढी हाे ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसकाे प्रभावस्वरूप स्थानीय बजारमा पनि मूल्य बढेकाे हाे । विशेषगरी नजिकिँदो अमेरिकी राष्ट्रपतिको चुनाव र त्यसबाट निम्तिन सक्ने अनिश्चितताकाे वातावरण तथा मध्यपूर्वको युद्धकाे कारण सुनकाे माग बढेसँगै अन्तर्राष्ट्रिय तहमै सुनकाे मूल्य बढिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट