बक्सअफिसमा भिडिरहेका ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’मा कुनले कति कमाए ?-Sutra News

बक्सअफिसमा भिडिरहेका ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’मा कुनले कति कमाए ?

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौं । दसैंको फूलपातीको अवसर पारेर असोज २४* मा तीन नेपाली फिल्म ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ रिलिज भएका थिए । फिल्म ‘ज्वाइँ साब’ शो र कमाइमा केही पछि हुँदा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’बिच बक्सअफिसमा बलियो प्रतिस्पर्धा चलिरहेको छ ।



हिट फ्रेन्चाइज ‘छक्का पञ्जा ५’ले रिलिज मितिदेखि नै बक्सअफिस तताइरहेको छ भने ‘१२ गाउँ’ पनि ‘छक्का पञ्जा ५’लाई भेट्याउँदै अघि बढेको छ ।

शुक्रबारसम्म आउँदा काठमाडौं उपत्यकाका क्यूएफएक्समा ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ शोमा करिब बराबर देखिन्छन् भने उपत्यका बाहिर पनि दुवैले बराबरी शो पाएका छन् ।

बुधबारसम्मको बक्स अफिस कलेक्सनलाई हेर्दा, ‘छक्का पञ्जा ५’ कमाइमा केही अगाडि छ । वितरक मनोज राठीले बताएअनुसार ‘छक्का पञ्जा ५’ले बुधबारसम्म बक्सअफिसबाट ११ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

यता ‘१२ गाउँ’ले पनि कमाई १० करोड नघाएको छ । बुधबारसम्म ‘१२ गाउँ’को कमाई १० करोड ५ लाख रुपैयाँ भएको वितरक विनोद शाहीले जानकारी दिए ।

दुवै फिल्मले शुक्रबार पनि बक्स अफिसमा आक्रामक व्यापार गरिरहेका छन् । जसलाई हेर्दा, आगामी समयमा दुवैले नयाँ रेकर्ड बनाउने सम्भावना छ ।

नाेट : यसअघि मितिमा अन्यथा भएकाेमा सच्चाइएकाे छ । सं. 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट