विपक्षी दलको बैठक रवि लामिछानेको पक्राउबारे बिफ्रिङ-Sutra News

विपक्षी दलको बैठक रवि लामिछानेको पक्राउबारे बिफ्रिङ

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बसेको विपक्षी दलहरूको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पर्नेबारे बिफ्रिङ भएको छ ।



पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी रहेको ब्रिफिङ गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दलको भूमिकामा बिहीबार मात्र प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग बैठक बसेका थिए ।

उक्त बैठकका आधारमा प्रचण्डले रवि पक्राउ पर्न सक्नेबारे जानकारी गराएका हुन् । प्रचण्डको ब्रिफिङमा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले विपक्षी दलहरूले साथ दिनु पर्ने बताएका थिए ।

बैठकमा रास्वपाका ६ जना नेता सहभागी थिए । यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल, नेताहरू महन्त ठाकुर, प्रभु साह सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट