‘कर्मा’को प्रदर्शन मिति चैत २९ गते, मुख्य भूमिकामा विपिन-Sutra News

‘कर्मा’को प्रदर्शन मिति चैत २९ गते, मुख्य भूमिकामा विपिन

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । फिल्म ‘कर्मा’ले अभिनेता विपिन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउँदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण पक्षले दिएको जानकारीअनुसार फिल्म आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउने छ ।



रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपिनलाई जिममा कसरत गरिरहेको देखाइएको छ । जसले उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ ।

‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दै छन् । उनले यसअघि चलचित्र ‘अगस्त्यः च्याप्टर-१’को निर्देशन गरेर थिए ।

निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस फिल्मको कथा पनि उनैले लेखेका हुन् । चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ । चौधरीका अनुसार फिल्ममा अभिनेता विपिनलाई एक्शन भूमिकामा देख्न पाइने छ ।

आर्टिस्टिक इनटरटेनमेण्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी गर्ने छन् । छायांकन मंसिर दोस्रो सातापछि सुरु हुने निर्माण पक्षले जनाएको छ । अन्य कलाकारहरूको अनुबन्ध जारी रहेको छ ।

निर्देशक चौधरीलाई ‘अगस्त्यः च्याप्टर-१’बाट दर्शकहरू र समीक्षकको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो । जसले गर्दा ‘कर्मा’प्रति उच्च अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट