अटो रिक्सा दुर्घटना हुँदा गर्भवतीसहित चार जना घाइते-Sutra News

अटो रिक्सा दुर्घटना हुँदा गर्भवतीसहित चार जना घाइते

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिकामा अटो रिक्सा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । महाकाली राजमार्गअन्तर्गत पालिकाको वडा नंं. ३ श्रीकोटमा अटो दुर्घटना भएको हो ।



खोचलेकनजिक दुर्घटनामा परेको सुप-प्र-०१-००१-ह-६०७० नम्बरको अटो रिक्सा दुर्घटना हुँदा एक गर्भवतीसहित चार जना घाइते भएका हुन् । दुर्घटनापछि घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट