चुमनुब्रीको स्याउ बजारमा लान नपाउँदा किसानको गुनासो-Sutra News

चुमनुब्रीको स्याउ बजारमा लान नपाउँदा किसानको गुनासो

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिकामा उत्पादन भएको स्याउले बजार नपाउँदा सरोकारवालाहरूले गुनासो गरेका छन् ।



शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै स्वदेशी उत्पादनले बजार नपाउँदा विषाधियुक्त स्याउ विदेशबाट आयात गरेर खान बाध्य हुनु परेको उनीहरूको भनाइ थियो ।

करिब २५ सयदेखि तीन हजार मिटरको हिमाली क्षेत्रमा उत्पादन गरेको स्याउलाई बजारसमक्ष लान प्रतिकेजी ५० रुपैयाँ ढुवानी लाग्ने देखिएको उत्पादन महाअभियान नेपालले जनाएको छ ।

हेलिकप्टरमा ढुवानी गर्दा प्रतिकेजी ६६६ पर्न गएको उत्पादन महाअभियान नेपालका संयोजक रमेश पण्डितले बताए ।

उत्पादन महाअभियान नेपालले किसानले उत्पादन गरेका कृषि वस्तुलाई सहज रुपमा बजारीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट