सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, राति अमेरिका जाँदै-Sutra News

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, राति अमेरिका जाँदै

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । भिसा पाएसँगै उनी आजै अमेरिका जाने छन् ।



लामो समयदेखि भिसा प्रतिक्षा गरेका उनले अमेरिकामा जारी टि २० शृङ्खलामा सहभागी हुन पाउने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएसँगै उनी आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

अमेरिका जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा आज नेपालले अमेरिकालाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । तर, सन्दीपले भिसा नपाएपछि क्यानडामा लिग २ खेलेर नेपाल फर्किएका थिए ।

गौशाला २६ नाम दिइएकी एक किशोरीलाई बलात्कार गरेको उजुरी दिएपछि अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गर्दै आएको थियो ।

उच्च अदालत पाटनले उक्त अभियोगबाट सफाइ दिनुका साथै महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दाको सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय गरेपछि अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट