सहकारी रकम हिनामिना- म्याद थप गर्न छविलाललाई अदालत लगियो-Sutra News

सहकारी रकम हिनामिना- म्याद थप गर्न छविलाललाई अदालत लगियो

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित गराएको छ । उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको हो ।



सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा उनी असोज ६ गते पक्राउ परेका थिए । काठमाडौँबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान अधिकृतसहित सरकारी वकिलले जोशीसँग सूर्यदर्शनको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेको विषयमा अनुसन्धान गरिरहेको छ । बयानमा उनले सहकारीको रकम आफूले एक पैसा पनि नलिएको भन्दै बयान दिएका छन् ।

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी, पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र जोशी मिलेर गोर्खा मिडिया नेटवर्क स्थापना गरेका थिए ।

सञ्चालन भएको अवधिमा गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले रकम आएको आएको नेकपा एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट