बाघको आक्रमणमा परी पुरुषको मृत्यु-Sutra News

बाघको आक्रमणमा परी पुरुषको मृत्यु

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।



वनमा घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका १ लक्ष्मीटाँडी बस्ने ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार तीनचुली मध्यवर्ती सामूदायिक वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गरेको थियो ।

बाघले आक्रमण गरेको जानकारी पाएपछि खोजी गर्दा थिङलाई मृत भेटिएको प्रहरी उपरीक्षक शाहले जनकारी दिए । उनको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट