महिला साफ च्याम्पियनसिप फुटबल- माल्दिभ्सलाई हराउँदै श्रीलंकाले बटुल्यो तीन अंक-Sutra News

महिला साफ च्याम्पियनसिप फुटबल- माल्दिभ्सलाई हराउँदै श्रीलंकाले बटुल्यो तीन अंक

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा श्रीलंकाले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।



त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’अन्तर्गतको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोतिगामा सुखद सुरुआत गरेको हो ।

श्रीलंकाको लागि इमिशा अनुराधिनीले गोल गरिन् । उनले खेलको १८ औँ मिनेटमा गरेको एक गोल श्रीलैकाका लागि निर्णायक गोल सावित भयो । जितसँगै श्रीलंकाले शीर्ष तीन अंक बटुलेको छ । सोही समूहमा रहेको नेपालले आज साँझ भुटानको सामना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट