काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गर्न अदालतबाट प्रहरीले अनुमति लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न लामिछानेलाई हिरासतमा राख्ने गरी अनुमति दिएको स्रोतले जनाएको छ ।
अदालतको अनुमतिपछि काठमाडौँबाट लामिछानेलाई पक्राउ गरी कास्की लैजाने प्रहरी तयारी भएको छ । पोखराको सूर्य दर्शनसमेतका सात सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ ।
यसअघि प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान भइरहेको अवस्थामा लामिछानेलाई पक्राउ गर्ने तयारी भएको हो ।