पक्राउ पुर्जी जारी भएपछि रविले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो-Sutra News

पक्राउ पुर्जी जारी भएपछि रविले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडाैं । सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट आफूविरुद्ध प्रकाउ पुर्जी जारी भएपछि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गिरफ्तारी दिने घोषणा गरेका छन् ।



आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमार्फत लामिछानेले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ‘तपाईंको हातमा तस्करले दिएको करोडौँ पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी’ भन्दै आक्रोश व्यक्त गरे । यस्तै, उनले विचौलियाको सेवा गरेबापत लाखौँको चस्मा र जुत्ता लगाउनेहरूको मुद्दा आफूले खेप्नु पर्ने भन्दै प्रश्न गरेका छन् ।

यस्तै, उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको राजनीति जोगाउन आफूलाई फसाइएको जिकीर गरेका छन् । ‘तिमीहरू राज्यका भएभरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौँ, अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाईको सरकार जोगाइदिन म बली चड्नु पर्ने ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट