सहकारी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ-Sutra News

सहकारी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । पूर्वगृह मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।



उनीमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई पक्राउ पुर्जी दिएको थियो । उनलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेसँगै नेता तथा कार्यकर्ताको भिड लागेको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याई अपचलन गरेको अरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

सोही मुद्दामा प्रहरीले पूर्वडीआईजी तथा गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीमाथि अनुसन्धान जारी राखेको छ । रविलाई पनि प्रहरीले जोशीसँगै अनुसन्धन गर्न पोखरा लैजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट