यी हुन् रविसँगै पक्राउ पुर्जी जारी भएका आरोपीहरू-Sutra News

यी हुन् रविसँगै पक्राउ पुर्जी जारी भएका आरोपीहरू

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ ।



जिल्ला अदालत कास्कीले लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ गर्न एकैसाथ अनुमति दिएको हो । जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको हो ।

जसमा लामिछानेसहित विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ रहेका छन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(३) बमोजिम उनीहरूलाई पक्राउ गर्न अनुमति दिइएको अनुमति पत्रमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट