‘पूर्णबहादुरको सारङ्गी’को प्रचारबारे प्रश्न उठेपछि प्रकाश सपूतले दिए स्पष्टीकरण-Sutra News

‘पूर्णबहादुरको सारङ्गी’को प्रचारबारे प्रश्न उठेपछि प्रकाश सपूतले दिए स्पष्टीकरण

शुक्रबार, २ कार्तिक २०८१

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ । गायक क्षेत्रबाट फिल्मको पर्दामा उदाएका कलाकार प्रकाश सपूतले ‘पूर्णबहादुरको सारङ्गी’को विषयमा स्पष्टीकरण दिएका छन् ।



आगामी कात्तिक १५ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मको प्रमोशनमा समावेश नभएको भन्दै टिप्पणी आउन थालेपछि उनले स्पष्टीकरण दिएका हुन् ।

विनोद पौडेलको निर्माण रहेको फिल्ममा विजय बरालसँगै प्रकाश सपूत मुख्य भूमिकामा छन् । फिल्म निर्माण पक्ष र सपूतबीच फिल्मको रिलिज मितिको विषयमा समझदारी हुन नसकेको विषय सार्वजनिक भएको थियो ।

यसैबीच, प्रकाशले आफूले ‘पूर्णबहादुरको सारङ्गी’ लागि कुनै शर्त नराखेर काम गरेको दाबी गरेका छन् । ‘मैले त उहाँहरूलाई आफ्नो समस्या राखेको थिएँ, सोच्ने समय दिएको थिएँ, सोचेरै सम्झौतामा स्पष्ट लेखिएको छ,’ उनले भने, ‘जेहोस, ‘पूर्णबहादुरको सारङ्गी’ राम्रो कथामा बनेको छ, मैले राम्रो भएर मनैदेखि काम गरेको हुँ ।’

उनले आफू अहिले बसन्तको छायांकनमा रहेको बताउँदै ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मको भूमिका सानो भएकाले प्रचार प्रसारमा पूर्ण भएर लाग्न नसकेको जनाएका छन् । उनले आगामी दिनमा फिल्मको प्रचारमा लाग्ने संकेत गरेका छन् ।

यो पनि हेर्नुहोस्

दर्शकले ‘पूर्णबहादुरको सारङ्गी’ के भनेर हेर्ने ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट