आज मेष, सिंह र धनु राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज मेष, सिंह र धनु राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?

शनिबार, ३ कार्तिक २०८१

शनिबार, ३ कार्तिक २०८१

आज मिति २०८१ कार्तिक ३ गते शनिबार । सन् २०२४ अक्टोबर १९ तारिख । नेपाल सम्बत ११४४ कौलागा कार्तिक कृष्ण द्वितीया तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३० मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

अनुकूलता वृद्धि हुने दिन छ । बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने सकिएला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदा हुनेछ । नियमित काममा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान–सम्मान बढ्ला । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्ने योग छ । रोकिएको काममा सफलता मिल्नेछ ।

बृष

विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ । तर, धेरै श्रमपछि कममात्र प्रतिफल पाइने योग छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता पनि चोरी वा नष्ट हुने सम्भावना रहेकोले सचेत रहनुहोला । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

कामको दायित्व र परिवारजनमा खर्च बढ्ने समय रहेकाले आजको दिन उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नपर्ला । यसका बाबजुद धर्मकर्ममा आकर्षण बढ्नेछ । बौद्धिकताले समस्या समाधानमा सघाउ पुग्नेछ ।

कर्कट

दौडधुप तथा ब्यस्तता बढ्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने अवसर जुर्ला । रोकिएका काम सम्पादन हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने तथा प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ । व्यापारमा लाभ नै हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह

विगतको श्रमबाट धन लाभ हुने समय छ । आत्मविश्वास बढ्नेछ भने विशिष्ट व्यक्तित्वसँग भेटघाट हुने योग छ । प्रतिस्पर्धा वा मुद्दा९मामिलामा विजयी भइएला । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । आरोग्यता रहनुका साथै रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । पारिवारिमा सुखको माहोल बन्नेछ ।

कन्या

प्रतिष्ठित काम गर्ने मौका मिल्ने तथा काममा सहयोग प्राप्त हुने समय छ । अरूलाई प्रभावित पारेर कार्यसिद्धि गर्न सकिएला । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । टाढिएका आफन्तजन नजिकिने योग छ ।

तुला

सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । बेकारको भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, सचेत रहनुहोला । तथापि, पारिवारिक जमघटमा मन रमाउनेछ । प्रेमभाव बढ्ला । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक

प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय भएपनि विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । इष्टदेवको पूजा–उपासना गर्नाले समस्यामा केही राहत मिल्ला । आजको दिन केही विवादमा समेत परिने योग छ, सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । दाम्पत्य जीवन सुखद रहने देखिन्छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । खर्च र व्यस्तता बढ्ने योग छ ।

धनु

नयाँ काममा हात हाल्ने तथा स्थायी सम्पत्ति जोड्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला । आर्थिक अभावले भने अलिक सताउनेछ । महत्वपूर्ण काममा मातापिताको सहयोग प्राप्त हुनेछ । कृषि९चौपायाबाट लाभ मिल्नेछ । खेलकुद र भ्रमणमा आकर्षण रहनेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर

परिश्रम परे पनि काममा सफलता नै मिल्ने दिन छ । आर्थिक उपार्जनमा सुधार आउला । भाग्योन्नतिको समय रहेकोले सहयोगीहरूले साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । आरोग्यपन र सुख वृद्धि हुनेछ ।

कुम्भ

दिन मनोरञ्जनपूर्ण रहनेछ, आम्दानी बढ्ने देखिन्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । अलिक बाध्यताका काममा जुट्नुपर्ने योग छ । तथापि, प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ ।

मीन

आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने योग छ । कृषिसम्बन्धी कार्यमा खर्च बढ्ला । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव वृद्धि हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर आउला, मौकाको लाभ उठाउने प्रयत्न गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट