सरकार मरिसक्यो, न्यायलय मरेको छैन- उपसभापति अर्याल-Sutra News

सरकार मरिसक्यो, न्यायलय मरेको छैन- उपसभापति अर्याल

शनिबार, ३ कार्तिक २०८१

शनिबार, ३ कार्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डीपी अर्यालले यो देशमा सरकार मरिसकेको बताउँदै न्यायलयले रवि लामिछानेलाई साथ दिने बताएका छन् ।



सहकारी ठगी प्रकरणमा पार्टी सभापति लामिछाने पक्राउ परेसँगै भएको विरोध प्रर्दशनमा सम्बोधन गर्ने क्रममा अर्यालले देशमा न्यायलय नमरेको प्रतिक्रिया दिएका हुन् ।

‘मैले भखरै पार्टी सभापतिलाई भेटेर आएको छु, उहाँ निर्धक्क हुनुहुन्छ, हामीलाई न्यायलयप्रति विश्वास छ, हामीले सघाउने हो, यो देशमा सरकार मरिसक्यो, न्यायलय मरेको छैन,’ उनले भने ।

यस्तै, उनले रास्वपा सकाउने मनसाय कांग्रेस र एमालेले राखेको बताए । ‘हामीले जनताका लागि केही गर्ने उद्देश्यका साथ हिँडेको थियौँ, हामीले रवि लामिछाने एक जनाको लागि मागेका होइनौँ, म आग्रह गर्छु, हामीले केही गर्नको लागि थालिएको अभियानलाई रोक्न रविमाथि अप्रत्यासित ढंगले पक्राउ गरिरहेको छ,’ उनको दाबी थियो ।

संसदीय छानविन समितिले सहकारीमा कुनै संलग्नता नदेखिए पनि आगामी चुनावमा आफूहरु सकिने डरले त्रसित भएर दुई तिहाइ सरकारको दम्भ देखाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट