इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु-Sutra News

इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु

शनिबार, ३ कार्तिक २०८१

शनिबार, ३ कार्तिक २०८१

काठमाडौँ । उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।



मृत्यु हुनेमा २१ जना महिला रहेका छन् । बम विष्फोटमा ८५ जनाभन्दा बढी घाइते भएको र केहीलाई गम्भीर चोट लागेको सञ्चार माध्यमले जनाएको छ ।

इजरायली सेनाले जबलिया शिविरका धेरै घरमा बमबारी गरेको बताइएको छ । इजरायली सेनाले यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

सन् २०२३ अक्टोबर ७ इजरायलले दक्षिणी इजरायली सीमाबाट हमासको घुसपैठको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो ।

जसमा लगभग एक हजार दुई सय मानिस मारिएका छन् भने लगभग २५० बन्धक बनाइयो । गाजा पट्टीमा जारी इजरायली हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४२ हजार ५०० पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट