जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते-Sutra News

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते

शनिबार, ३ कार्तिक २०८१

शनिबार, ३ कार्तिक २०८१

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा २८ जना घाइते भएका छन् ।



जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती १ बालुवाडाँडास्थित भित्री सडक खण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो ।

घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल लगिएको छ । क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट