रवि लामिछाने पक्राउको सूचना संसद‍ भवनमा टाँसियो-Sutra News

रवि लामिछाने पक्राउको सूचना संसद‍ भवनमा टाँसियो

शनिबार, ३ कार्तिक २०८१

शनिबार, ३ कार्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍ भवनमा टाँस गरी जानकारी गराइएको छ ।



संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिबार यसबारे सूचना प्रकाशन गरिएको जानकारी दिएका हुन् । संसदलाई जानकारी गराइएको सूचनामा भनिएको छ, ‘चितवन जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्य रवि लामिछानेलाई कास्की जिल्ला अदालतको मिति २०८१-०७-०२ गतेको पक्राउ अनुमति बमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएकाले नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जानकारी गराइएको भन्ने समेत ब्यहोराको जिल्ला प्रहरी कार्यालय, कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. २०८१-०८२ च.नं. ७०२७ मिति २०८१-०७-०२ गतेको पत्रबाट सम्माननीय सभामुख ज्यूलाई लेखी आएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम २ को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम २ मा संसद् बैठक नचलेको अवस्थामा सांसद पक्राउसम्बन्धी सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचना पाटीमा सूचना टाँसेर जानकारी गराउनु पर्ने प्रावधान छ ।

सांसद लामिछानेलाई सहकारी प्रकरणमा शुक्रबार काठमाडौँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट