काठमाडौँमा आइपुगे चिनियाँ उच्च स्तरीय टोली-Sutra News

काठमाडौँमा आइपुगे चिनियाँ उच्च स्तरीय टोली

शनिबार, ३ कार्तिक २०८१

शनिबार, ३ कार्तिक २०८१

काठमाडौँ । उच्च स्तरीय चिनियाँ टोली काठमाडौँ आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरुको टोली शनिबार काठमाडौँ आइपुगेका हुन् ।



टोलीलाई नेकपा एमाले नेता राजेन्द्र गौतमसहितका नेताहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । आइतबार काठमाडौँमा हुने चीन–नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोपरेशसन सम्बन्धी कार्यक्रममा सहभागी हुने उच्च स्तरीय चिनियाँ टोली नेपाल आएको हो ।

उक्त कार्यक्रममा बिआरआईको कार्यान्वयन र बिआरआईसँग सम्बद्ध परियोजनाबारे उनीहरूले धारणा राख्ने बताइएको छ । चिनियाँ टोलीले विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट