जब ललितपुरमा गुडिरहेको बसमा आगलागी भयो…-Sutra News

जब ललितपुरमा गुडिरहेको बसमा आगलागी भयो…

शनिबार, ३ कार्तिक २०८१

शनिबार, ३ कार्तिक २०८१

काठमाडौँ । ललितपुरको सातदोबाटोमा शनिबार साँझ गुडिरहेको बसमा आगलागी भएको छ । बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।



ललितपुर महानगर १५ सातदोबाटो चोक नजिक चक्रपथमा चल्ने महानगर यातायातको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले जानकारी दिए ।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको हो ।

बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट