वडाको बजेटले ज्येष्ठ नागरिकलाई तीर्थाटन-Sutra News

वडाको बजेटले ज्येष्ठ नागरिकलाई तीर्थाटन

शनिबार, ३ कार्तिक २०८१

शनिबार, ३ कार्तिक २०८१

कञ्चनपुर । बेलौरी नगरपालिका ४ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिकलाई दुई वर्षदेखि तीर्थयात्रा गराउँदै आएको छ । वडा कार्यालयले बजेट विनियोजन गरेर देशका प्रमुख तीर्थयात्रामा सरिक गराएको हो ।



चालु आवमा विनियोजन गरिएको दुई लाख ५० हजार बजेटबाट २५ जना ज्येष्ठ नागरिक मुक्तिनाथको यात्रामा गएका छन् । यात्रामा सहभागी ज्येष्ठ नागरिक ६८ वर्षमाथिका छन् ।

गत वर्ष ३० जना ज्येष्ठ नागरिकलाई काठमाडौँस्थित पशुपतिनाथ र मनकामना दर्शन गराइएको थियो । वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई तीर्थयात्रासँगै निःशुल्क स्वास्थ्य शिविर, न्याना लुगा वितरण हुँदै आएको छ ।

ज्येष्ठ नागरिकप्रति समाजले आदर गर्नु पर्छ भन्ने भावनाका साथ बजेट विनियोजन गरिएको वडाध्यक्ष अर्जुन ढकालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट