आज बृष, कर्कट र तुला राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज बृष, कर्कट र तुला राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

आज मिति २०८१ कार्तिक ४ गते आइतबार । सन् २०२४ अक्टोबर २० तारिख । नेपाल सम्बत ११४४ कौलागा कार्तिक कृष्ण तृतीया तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २९ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहने समय छ । सबल स्वास्थ्यको लागि खानपानमा ध्यान राख्नुहोला । शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि पनि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

बृष

विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । चरित्रसम्बन्धी आरोप आउन सक्ने भएकोले विपरितलिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहीँ टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन

धर्म कर्ममा आकर्षण बढ्ने समय भएपनि माता, पिता र सन्तानसँग मतभेद बढ्न सक्छ । पढाइलेखाइमा अवरोध आउने छ भने आजको कुनै निर्णय खराब हुनसक्छ । महत्वपूर्ण काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । विगतको श्रमबाट भने लाभ हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न उपहार प्राप्त हुने योग छ तर खर्चका बाध्यताहरू आइपर्न सक्छन् । आजको दिन नगद सरसापटी नगरेकै उचित हुनेछ । बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । नयाँ काममा जोखिम देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै काम बन्ने समय छ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुन सक्छ । धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वासघात हुने भएकाले गोपनियतामा एकदमै सावधान रहनु पर्ला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ ।

कन्या

आजको दिन मिश्रित फलदायी रहला । घर तथा सवारी साधन जोड्ने अवसर मिल्ने योग छ भने व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त होला । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । सोचेको समयमा कार्य सम्पादन गर्न भने नसकिने देखिन्छ । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्ला ।

तुला

आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्यसम्बन्धी समस्या बढ्ने योग हुनाले खानपानमा एकदम सजक रहनुहोला । महत्वपूर्ण काममा गोपनियता अपनाउनुहोला । भुलेका मित्रहरुले सम्झने छन्, तर आज कसैसंग विवाद पनि पर्न सक्छ । विद्यार्थी वर्गका लागि दिन राम्रो छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउने छन् । प्रेमभाव बढ्ने छ ।

बृश्चिक

घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिनसक्ने समय भएकोले मन चिन्तित बन्न सक्छ, धैर्य राख्नुहोला । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्ने देखिन्छ । सहयोगीहरू टाढिन सक्छन् । दम्पतिबीच विवाद बढ्न सक्छ । तथापि, प्रेमी–प्रेमिकाबीच बन्धन कसिने बेला छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । आजको दिन योजना र बजेट बनाएर मात्र खर्च गर्नु बेस होला ।

धनु

व्यस्तता बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन्, तर काममा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । मिष्ठान्न भोजनको अवसर प्राप्त हुन सक्छ । धन आर्जन हुने योग छ ।

मकर

आजको दिन बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भइ आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्ने योग छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ, सचेत रहनुहोला । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ । सन्तान वा प्रशंसकहरूले प्रसन्नता दिलाउने छन् । समस्यामा नियम कानूनले साथ दिनेछ ।

कुम्भ

आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ । निरर्थक यात्रा गर्नु पर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने खालको समय छ । प्रेम प्रसङ्ग अघि बढ्दा अध्ययन कार्यमा केही असर पर्न सक्ने देखिन्छ, सचेत रहनुहोला । स्वास्थ्यसम्बन्धी समस्या सामान्य रूपमा बढ्ने देखिन्छ । विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य बन्ने छ ।

मीन

स्वास्थ्यसम्बन्धी समस्या बढ्ने देखिन्छ । आर्थिक कारोबारमा पनि समस्या आउने समय छ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास भने सजिलै जित्न सकिएला । बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । आफन्तको साथले काममा सफलता मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट