पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै-Sutra News

पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौँ । सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।



सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई सोही दिन राति पोखरा लगिएको थियो ।

लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट