सुपर ओभरमा जित निकाल्दा नेपालको पोल्टामा उपाधि-Sutra News

सुपर ओभरमा जित निकाल्दा नेपालको पोल्टामा उपाधि

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौँ । अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले टी २० आई सिरिजमा लगातार जित निकालेको छ । योसँगै नेपालले अमेरिकाविरुद्ध सिरिजको उपाधि आफ्नो पोल्टामा पारेको छ ।



सुपर ओभरमा नेपालले जम्मा तीन रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले सहजै जित निकालेको हो ।

नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा ९२ रन बनाउँदै नटआउट रहेका थिए । यस क्रममा उनले सात चौका र ६ छक्का प्रहार गरे । ओपनर अनिल साहले २५, गुल्सन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाउँदा करण केसीले ६ रन बनाए ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा भएको खेलमा अमेरिकाका लागि नोस्तुन केञ्जिङ र जसदिप सिंहले समान दुई दुई विकेट लिए । सौरभ नेत्राभाल्करले एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाका लागि आन्द्रे घोसले ६२ रन बनाए । सैजेता मुक्कामल्लले ४७ रन बनाएका थिए । बलिङतर्फ नेपालका लागि करण केसीले तीन विकेट लिए ।

सोमपाल कामीले दुई विकेट लिँदा सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट