प्रिसेसनमै दोहोरो अंकले घट्यो नेप्से, दिनभरकाे कारोबार के होला ?-Sutra News

प्रिसेसनमै दोहोरो अंकले घट्यो नेप्से, दिनभरकाे कारोबार के होला ?

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रिओपन सेसनमै सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । प्रिसेसनमा १२.०१ अंकले घट्दै नेप्से २७३३.३५ को बिन्दुमा झरेको छ ।



यो सेसनमा ८६ कम्पनीको कारोबार भयो । जसमा ५९ कम्पनीको मूल्य घट्यो भने १६ को मूल्य बढ्यो । ११ को मूल्य भने स्थिर रह्यो ।

यो सेसनमा जलविद्युत, बैंक र लघुवित्तको कारोबार उच्च रह्यो ।

१७ हजार ३६७ कित्ता सेयर किनबेच हुँदा प्रिसेसनमा कारोबार रकम ६३ लाख ७० हजार रुपैयाँ माथिको भयो ।

दसैंअघि बढेको नेप्से दसैंपछि पनि लगातार बढेको थियो । तीन कारोबार दिनको बिचमा नेप्सेमा ७७.१९ अंकको बृद्धि भएको थियो । गत साताको अन्तिम कारोबार दिन (बिहीबार) नेप्से २.४७ अंकले बढ्दै २७४५.३६ को बिन्दुमा उक्लिएको थियो ।

बिहीबारसम्म आउँदा कारोबार रकममा पनि उच्च सुधार आएको थियो । सरदर ५ अर्ब आसपासमा कारोबार भइरहेको नेप्सेमा बिहीबार ७ अर्ब १९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

तर, आजको प्रिसेसनले भने नेप्सेलाई घटाएको छ । यद्यपि, यसअघिका अधिकांश कारोबारमा सुरुवाती गिरावट हुँदा दिनभरको कारोबार उत्साहित हुने गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट