सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड-Sutra News

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ ।



नेपाल सुनचाँदी महासंघका अनुसार लगातार बृद्धिका बिच साताको पहिलो कारोबार दिन आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । महासंघका अनुसार शुक्रबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले बढ्दै आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार पुगेको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ थियो । आजको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

सुनको मूल्य उच्च बिन्दुमा पुग्दै गर्दा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । एकै दिन प्रतितोला ९५ रुपैयाँले बढ्दै चाँदीको मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँ पुगेको छ । यो चाँदीको हालसम्मकै उच्च मूल्य हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभावस्वरूप स्थानीय बजारमा पनि मूल्य बढ्ने गरेको छ । विशेषगरी नजिकिँदो अमेरिकी राष्ट्रपतिको चुनाव र त्यसबाट निम्तिन सक्ने अनिश्चितताको वातावरण तथा मध्यपूर्वको युद्धको कारण सुनको माग बढेसँगै अन्तर्राष्ट्रिय तहमै सुनको मूल्य बढिरहेको छ ।

सँगै स्वदेशी बजारमा चाडपर्वको प्रभाव स्वरुपमा पनि माग बढ्दा मूल्य बृद्धिमा असर गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट