कक्षा १२ को ग्रेड वृद्धिको नजिता सार्वजनिक, कति भए उत्तीर्ण ?-Sutra News

कक्षा १२ को ग्रेड वृद्धिको नजिता सार्वजनिक, कति भए उत्तीर्ण ?

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।



बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा)मा एक लाख २२ हजार १७१ विद्यार्थी सहभागी भएका थिए ।

परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार १४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट