काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई अदालतमा लगिएको हो । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई शनिबार बिहान पोखरा पुर्याइएको थियो ।
शनिबार बिदा भएपछि उनलाई आज मात्रै अदालतमा उपस्थित गराइएको हो । अदालत बाहिर उनका समर्थक र सहकारी पीडित पक्षले आन्दोलन गरेका छन् ।