काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास हानेको छ ।
रास्वपा कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । सुरूमा पानीको फोहोरा हानेको थियो ।
त्यस क्रममा रविका समर्थक र सुरक्षाकर्मीबीच ठेलमठेल भएको थियो । अश्रुग्यास प्रहारपछि अहिले प्रदर्शनकारी तितरबितर भएका छन् ।