रविकाे आक्राेश : ओली सरकार रहिरहने हो भने जनताले धेरै दु:ख पाउँछन्-Sutra News

रविकाे आक्राेश : ओली सरकार रहिरहने हो भने जनताले धेरै दु:ख पाउँछन्

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारकाे विरूद्धमा देशव्यापी उत्रिन आह्वान गरेका छन्। आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा उनले यस्ताे आह्वान गरेका हुन् ।



उनले न्यायलयबाट आफूले न्याय पाउने पनि बताएका छन् । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने ।

सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको लामिछानेकाे आराेप छ ।

‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट