किन उच्च अंकले घट्यो नेप्से ?-Sutra News

किन उच्च अंकले घट्यो नेप्से ?

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आइतबार उच्च अंकको उतारचढावका बिच ४७.४४ अंकले घट्दै नेप्से २६९७.९१ को बिन्दुमा ओर्लिएको छ । समग्रमा नेप्से १.७२ प्रतिशतले घट्यो ।



उच्च अंकले नेप्से घट्दै गर्दा सबैजसो समूहका सूचक घटे । सबैभन्दा बढी फाइनान्स समूहको सूचक ४ प्रतिशतले घट्यो ।

यस दिन कारोबारमा आएका २४४ कम्पनीमध्ये १८ को मूल्य बढ्दा २२६ को मूल्य घट्यो । उच्च अंकले नेप्से घट्दै गर्दा पनि कुमारी कुथेली र न्याग्दी ग्रुपको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो भने इस्टन हाइड्रोको मूल्यमा नेगेटिभ सर्किट लाग्यो ।

सूचक घटेपनि आज कारोबार रकममा भने उत्साहपूर्ण बृद्धि भएको छ । २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब १८ करोड २ लाख रुपैयाँ बराबरको भयो ।

जुन कारोबार रकम केही सातायताकै उच्च हो । नेप्से निरन्तर घटिरहँदा कारोबार रकममा पनि उच्च गिरावट आएको थियो ।

आज कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिलगायत शीर्ष स्थानमा रहे । गुडविल फाइनान्सको मात्रै ४५ करोड ७ लाख बराबरको सेयर किनबेच भएको छ ।

दसैंअघिदेखि बढ्न थालेको नेप्से दसैंपछिका कारोबार दिनमा पनि बढेको थियो । दसैंपछि मात्रै ७७ अंकको बृद्धि भएको थियो ।

आइतबारको गिरावटलाई जानकारहरुले करेक्सनको रुपमा व्याख्या गरेका छन् ।

सँगै बजारमा विकसित राजनीतिको प्रभाव पनि परेको देखिन्छ ।

रास्वपा सभापति रवि लामिछानेमाथिको कारबाहीसँगै सरकारविरोधी गठबन्धन बलियो बन्दै जाँदा सरकारको आयुमाथि प्रश्न उठ्दै गर्दा बजार प्रभावित भएको कतिपयको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट