३६ वर्षपछि घरेलु मैदानमा भारतको हार-Sutra News

३६ वर्षपछि घरेलु मैदानमा भारतको हार

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौँ । भारतीय क्रिकेट टोली न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको छ । ३६ वर्षपछि घरेलु मैदानमा टेस्ट प्रतियोगितामा भारतीय टोली पराजित भएको हो ।



सन् १९८८ मा वानखेडे स्टेडियममा न्युजिल्याण्डसँग भारत पराजित भएको थियो । भारतीय टोलीले जितका लागि दिएको १०७ रनको लक्ष्य न्युजिल्याण्डले दुई विकेट गुमाएर पूरा गरेको थियो ।

विल योङ ४५ र रचिन रविन्द्रले ३९ रन बनाएर अविजित पुनरागमन गरेका थिए । भारतीय टोली दोस्रो इनिङ्समा ४६२ रनमा अलआउट भएको थियो ।

पहिलो इनिङ्समा न्युजिल्यान्डले ४०२ रन बनाएको थियो भने भारतले ४६ रन मात्रै बनाएको थियो । यो हारपछि भारतीय टोली ३ खेलको सिरिजमा ०–१ ले पछि परेको छ । सिरिजको दोस्रो खेल २४ देखि २८ अक्टोबरसम्म पुणेमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट