पीडितको पक्षमा प्रभावकारी काम भएको प्रधानमन्त्री ओलीको दाबी-Sutra News

पीडितको पक्षमा प्रभावकारी काम भएको प्रधानमन्त्री ओलीको दाबी

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनःस्थापनाका लागि सरकारले गर्नु पर्ने काममा कुनै कमी नभएको दाबी गरेका छन् ।



नेकपा एमालेको सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आज प्रधानमन्त्री निवासमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले राहत र पुनःस्थापनाका काम प्रभावकारी रुपमा अघि बढाउने काम भएको जानकारी गराए ।

उनले सरकार सबै सम्बन्धित अंगले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कसाथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

एमालेको जिल्ला कमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जिल्लाका चार पालिकालाई संकटग्रस्त घोषणा गरेकामा सरकारलाई धन्यवाद दिँदै किसानका पाकेका धानबाली र सयौँ संख्यामा पशु चौपायामा समेत क्षति भएकाले पुनःनिर्माण र पुनःस्थापनाका कामलाई अगाडि बढाउँदै किसानलाई विशेष राहतको प्याकेज व्यवस्था गरेका थिए

यस क्रममा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडाल, एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, पूर्वसांसद गणेश पहाडीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट