रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति-Sutra News

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।



पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो । उनलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

शुक्रबार पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो । यद्यपि, शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आइतबारमात्रै अदालतमा पेश गरिएको हो ।

लामिछाने पक्राउ परेसँगै रास्वपाका समर्थक सडक प्रदर्शनमा उत्रिएका छन् । लामिछानेलाई अदालतमा पेश गर्दै गर्दा आइतबार आइतबार पोखरामा दिनभर समर्थकहरुले प्रदर्शन गरेका थिए ।

स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपनि समर्थकहरु आक्रामकरुपमा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट