राष्ट्रपति चुनावसम्म दैनिक एक जनालाई १० लाख डलर दिने मस्को घोषणा-Sutra News

राष्ट्रपति चुनावसम्म दैनिक एक जनालाई १० लाख डलर दिने मस्को घोषणा

आइतबार, ४ कार्तिक २०८१

आइतबार, ४ कार्तिक २०८१

काठमाडौँ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा खुलेर प्रचार गरेका छन् ।



अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै उनले चुनावको दिनसम्म हरेक दिन एक जना मतदाताले १० लाख डलर जित्ने मौका दिने वाचा गरेका छन् । यसका लागि उनले सर्त पनि तोकेका छन् ।

मस्कले अमेरिकी संविधानलाई समर्थन गर्ने आफ्नो याचिकाका लागि चलिरहेको हस्ताक्षर अभियानमा सहभागी हुनु पर्ने जनाएको छ । यस्तै, जसबापत एक अमेरिकी मतदाताले १० लाख डलर पुरस्कार पाउने छन् ।

यो घोषणासँगै मस्कले आफ्नो याचिकाको समर्थनमा हस्ताक्षर गर्ने एक मतदातालाई १० लाख डलरको चेक दिइसकेका छन् । ती व्यक्ति ट्रम्पको समर्थनमा पेन्सिलभेनियामा आयोजित र्‍यालीमा सहभागी थिए ।

मस्कको याचिकालाई समर्थन गरेपछि पहिलो दिन जोन ड्रेहर नामक व्यक्तिलाई उक्त पुरस्कार पाएका हुन् । आगामी निर्वाचनमा मस्क डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउन लागिरहेका छन् ।

यसअघि मस्कले ट्रम्पको चुनाव प्रचार प्रसार समितिलाई सात करोड ५० लाख डलर दान दिएर चर्चामा आएका थिए । निर्वाचन नोभेम्बर ५ तारिकमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट