आज कर्कट, तुला र मीन राशीलाई लाभैलाभ, तपाईंको दिन कति शुभ ?-Sutra News

आज कर्कट, तुला र मीन राशीलाई लाभैलाभ, तपाईंको दिन कति शुभ ?

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

आज मिति २०८१ कार्तिक ५ गते सोमबार । सन् २०२४ अक्टोबर २१ तारिख । नेपाल सम्बत ११४४ कौलागा कार्तिक कृष्ण चतुर्थी तिथि । आज नेपालमा सूर्यो।दय बिहान ६ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २९ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन केही चुनौतीहरू देखिन सक्छन् । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने समय छ । हातमा आएको प्रतिफल गुम्न सक्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्ने योग छ । रसरागमा आकर्षण रहला । इष्टमित्रको सहयोगले केही काम बन्ने देखिन्छ ।

बृष

चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । सामान्य आम्दानी भइरहला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । यात्रामा धनमाल हराउन सक्ने योग छ, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । समस्यामा आफन्तजन तपाईंको सहयोगी बन्ने छन् ।

मिथुन

प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रोम सम्बन्धमा प्रगाढता आउने देखिन्छ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ भने व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुपक्ष परास्त होलान् । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट

भाग्यबल बढ्ने छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । परिवारजन तथा बन्धु(बान्धवबीच आत्मीय भाव बढ्ने छ । भूमि तथा मातृधनबाट लाभ लिन सकिने छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइने योग रहेकाले सचेत भइ व्यवहार गर्नु हितकर होला । रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

दौडधुप र केही जोखिम बढ्ने छ । अधिकार सुरक्षित गर्न जुट्नुपर्ने समय छ । शोख पूरा गर्नमा केही खर्च बढ्ला । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइने छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्ने छ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्ने देखिन्छ ।

कन्या

शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने बेला छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कार्यमा कीर्तिमानी सफलता दिलाउन सक्छ । प्रेमभावका साथै दाम्पत्य सुख बढ्ने छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्ने छ ।

तुला

प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुन सक्छ । धेरैले तपाईंका कामको तारिफ गर्लान् । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आरोग्यबल बढ्नेछ । शुभता वृद्धि हुनेछ । यशवर्चश्व बढ्नेछ ।

बृश्चिक

आजको दिन बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु हितकर होला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग भएकोले विशेष सचेतनाको आवश्यकता छ । रोकिएको काम विशेष प्रयास वा मिहिनेतले बन्नेछ । आरोग्यता रहनेछ ।

धनु

व्यस्तता बढ्ने छ । आश मारेको कामले उत्साह जगाउनेछ, तर कार्यसफलताका लागि गोपनीयतामा विशेष ध्यान दिनुपर्नेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला । साथीभाइको सहयोग प्राप्त भइ पराक्रम बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

दिन उत्साहपूर्ण रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । सुखद समाचार सुन्न पाइने योग छ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदा होला । आरोग्यता र पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ

चुनौती बढ्ने दिन भए पनि पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुने देखिन्छ । प्रतिभाको कदर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि भइ काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्ने समय छ ।

मीन

लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । मिठो भोजन प्राप्त होला । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट