प्रिसेसनमा झिनो अंकको बृद्धि, दिनभर कस्तो रहला कारोबार ?-Sutra News

प्रिसेसनमा झिनो अंकको बृद्धि, दिनभर कस्तो रहला कारोबार ?

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । ०.७९ अंकले बढ्दै नेप्से २६९८.७० को बिन्दुमा उक्लिएको छ ।



प्रिओपन सेसनमा ३६ कम्पनीको कारोबार भयो । जसमा १६ कम्पनीको मूल्य बढ्यो भने १६ कम्पनीको मूल्य घट्यो ।

यो सेसनमा बैंक, हाइड्रोपावरलगायत कम्पनीको सेयर किनबेच भयो ।

४ हजार ८७७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २२ लाख ५० हजार रुपैयाँको भयो ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक ४७.४४ अंकले घट्दै २६९७.९१ को बिन्दुमा ओर्लिएको थियो । लगातार उच्च बृद्धिपछि यो पहिलो उच्च गिरावट थियो ।

जसलाई बजारका जानकारले करेक्सनको रुपमा व्याख्या गरेका थिए । जसका आधारमा नेप्से आजको कारोबार दिनमा बढ्ने आशा जानकारहरुले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट