थप महँगियो सुनचाँदीको भाउ-Sutra News

थप महँगियो सुनचाँदीको भाउ

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ ।



शुक्रबारको तुलनामा आइतबार ६ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार पनि प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार मूल्य बढेसँगै आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

जुन मूल्य हालसम्मकै उच्च मूल्य समेत भएको महासंघले जनाएको छ ।

सुनको मूल्य बढिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि निरन्तर उकालोमा छ । शुक्रबारको तुलनामा आइतबार तोलामा ९५ रुपैयाँले बढेको सुनको मूल्य सोमबार तोलामा २० रुपैयाँले बढेको छ ।

सोमबार स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश २७२७ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट