घरेलु मैदानमा पहिलो जितको खोजीमा नेपाल, माल्दिभ्सको सामना गर्दै-Sutra News

घरेलु मैदानमा पहिलो जितको खोजीमा नेपाल, माल्दिभ्सको सामना गर्दै

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौँ । घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिप २०२४ मा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।



आफ्नो चीर प्रतिद्वन्द्वी माल्दिभ्सको सामना गर्न लागेको नेपाली टोलीमा स्टार फर्वाड सावित्रा भण्डारी ‘साम्बा’ पनि मैदान उत्रने भएकी छन् ।

साविक उपविजेता नेपालले यसअघि भुटानविरुद्ध कमजोर प्रर्दशन गर्दै गोलरहित बराबरी खेलेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० देखि सुरु हुने खेलमा घरेलु दर्शक साम्बाको प्रदर्शन हेर्ने उपस्थित हुनेछन् ।

फ्रान्सेली महिला लिगमा आबद्ध साम्बाले भुटानविरुद्धको पहिलो खेल गुमाएकी थिइन् । आइतबार राति नेपाल आइपुगेकी उनले आजको खेलमा मैदान उत्रिने विश्वास गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट