काठमाडौँ । शुक्रबार साँझ पार्टी कार्यालयबाट सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेसँगै सिंगो राजनीति तरंगित बनेको छ ।
देशको राजनीति सभापति लामिछानेको पक्ष र विपक्षी हुँदा आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता गरे ।
आफ्नो पार्टीको सचिवालय बैठक जारी रहेकै बेला देउवासँग भेट गर्न प्रधानमन्त्री अोली प्रधानमन्त्री निवास बालुवाटार पुगे । बैठकमा कांग्रेसका महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी हुँदा एमालेबाट ओलीसहित महासचिव शंकर पोख्रेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए ।
आइतबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफल भएसँगै प्रधानमन्त्री अोलीले आज मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ सवा ५ बजे सिंहदरबारमा बस्ने छ ।
यसअघि शुक्रबार मात्रै मन्त्रिपरिषद् बैठक बसेर संक्रमण कालीन न्यायिक आयोग गठनका लागि सिफारिस समिति गठनसहित विभिन्न निर्णय गरेको सरकारले आजको बैठकलाई चासोका साथ हेरिएको छ ।