काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहान मुगुको रारा पुगेका छन् । रारा घुमेपछि जुम्लाको आमसभालाई सम्बोधन गरी काठमाडौँ फर्किने भएका छन् ।
सोमबार बिहान छोरी गंगा दाहाल र सुरक्षा गार्डसहित प्रचण्ड काठमाडौँबाट नेपालगञ्ज हुँदै रारा पुगेका हुन् । रारा ताल अवलोकन गर्नका लागि उनी मुगु पुगेका हुन् ।
रारा ताल क्षेत्रमा केही समय बिताएर उनी आजै जुम्लाको कनकासुन्दरी गाउँपालिका पुग्नेछन् । जुम्लामा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उनको सचिवालयका अनुसार लगत्तै उनी काठमाडौं फर्केर विपक्षी दलहरुको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।