पोखरामा रास्वपाको प्रर्दशन जारी, हिरासतमा सभापति रवि-Sutra News

पोखरामा रास्वपाको प्रर्दशन जारी, हिरासतमा सभापति रवि

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौँ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार पनि कास्कीमा प्रदर्शन गरेको छ । राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो ।



प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियाहरुलाई कारबाही गर, भ्रष्ट सरकार मुर्दावादलगायतका नारा लगाएका थिए । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आइतबार कास्की अदालत पेश गरिएको थियो ।

अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ । रास्वपाले नियतवस पार्टी सभापतिलाई पक्राउ गरेको भन्दै निरन्तर आन्दोलन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट