मनाङेले वनमारा झाडी हेर्न बस्दिनँ भनेको मन्त्रालयमा पौडेल नियुक्त-Sutra News

मनाङेले वनमारा झाडी हेर्न बस्दिनँ भनेको मन्त्रालयमा पौडेल नियुक्त

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौँ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका भेषबहादुर पौडेल वन तथा वातावरण मन्त्रालयमा नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।



यसअघि मन्त्रालयको वरियतामा असन्तुष्ट जनाउँदै दीपक मनाङेले सोही पदमा मन्त्री नियुक्त भएसँगै राजीनामा दिएका थिए । उनले वनमारा झाडी हेर्न मन्त्रालय नचाहिने अभिव्यक्ति दिएका थिए । यसपछि उक्त मन्त्रालय खाली थियो ।

आज अपराह्न साढे ४ बजे शपथको तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट